आयुर्वेद
विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिहरु मध्ये आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो, जुन शाश्वत, अनन्त र अनादि छ । रोग लागेको ब्यक्तिको रोग प्रशमन र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने बहुआयमिक सिद्धान्तको उद्घोष गदै पूर्वीय सभ्यताको प्रादुर्भाव सँगै विकसित भएको छ । विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको नयाँ–नयाँ रोगहरुको निवारणको लागि र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षाको लागि केवल एउटा चिकित्सा पद्धतिबाट मात्र सम्भव नहुने कुरा विश्व स्वास्थ्य संगठनले समेत स्वीकारी सकेको यस पनि परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
आयुर्वेद जीवन सँग सम्बन्धित एउटा विज्ञान हो । जसमा जीवनको संरक्षण संवद्र्धन सम्बन्धी सम्पुर्ण ज्ञानहरु उल्लेख गरिएको छ । आयुर्वेद जीवनको संरक्षण संवद्र्धनको लागि अनिवार्य साधन भएको हुदाँ यसको चिन्तन–मनन, अध्ययन र अनुसन्धानको प्रक्तिया योग्यता र आवश्यकता अनुरुप चल्दै आएको छ । आयुर्वेद सम्बन्धि ग्रन्थहरुको रचना, दुर्लभ ग्रन्थहरुको संरक्षण, अनुवादन, लेखन र अनुसन्धानको क्रम मन्द गतिले भएपनी चलेको पाईन्छ । अंग्रेजी तथा हिन्दी भाषाहरुमा बढ्दो आयुर्वेदिय वाङ्मयको तुलनामा नेपाली भाषामा स्तरीय ग्रन्थहरुको रचना र अनुवाद निकै कम भएको अवस्थामा केहि प्रयास गर्नु आवश्यक सम्झेको छु ।
जडिवुटि तथा घरेलु उपचार
1. भृङ्गीराज ः यसको पुरै बोटलाई छाँयामा सुकाएर पिस्ने र ५–६ ग्राम भृङ्गीराज चुर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागी अति गुणकारी मानिन्छ । त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक पाथी मिश्री पानीमा मिलाएर दिनहूँ एक महिनासम्म सेवन गर्नाले जण्डिस रोग पुर्णरुपमा निको हुन्छ ।
2. भुइँअमला ः भुइँअमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ ।
3. भलायो ः सुकेको भलायोको बीउलाई पिंधेर धुलो पार्ने र २–३ ग्राम भलायो चुर्णलाई नरिवलको घिउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पुर्ण रोगहरु निको हुन्छ । यसले पेटको जुका मार्छ । शक्ति प्रदान गर्छ । वीर्यको मात्रालाई बढाउँछ ।
4. लघुपत्र ः यसको केहि जराहरुमा थोरै विरेनुन, भुटेको ज्वानो, जिरा मिलाएर पिध्ने र यसरी पिंधेर तयार पारिएको धुलोमध्ये २–३ चम्चा धुलोलाई कागती मिश्री पानीमा मिलाएर नियमित दिनको २–३ पटक सेवन गर्नाले दिसा कब्जीयत हुने र गोटा आदि हुने रोग निको हुन्छ । यसको नियमित सेवनले कलेजोलाई सक्रिय पार्छ । क्यान्सर रोगमा लाभ हुन्छ ।
5. लुँडे (लौँडे) ः लौंडेको मुन्टालाई तरकारीको रुपमा प्रयोग गर्नाले वा यसको जरा र मुन्टालाई थिचेर रस निकाली विहान बेलुका चौलानी पानीसँग खानाले रक्तप्रदर, रक्तविकार र यौनजन्य संक्रमणबाट बच्न सकिन्छ । साथै सो रसले यौनाङ्ग धुनाले राम्रो फाइदा गर्छ ।
6. शिवलिङ्गी ः यसको १०–१५ वटा फलको तरकारी पकाएर दुई हप्तासम्म खानाले पेटलाई सफा राख्छ । पेटको गर्मी हटाउँछ । सिद्धि शान्ति र पुत्रप्राप्ति हुन्छ । पाकेको केरामा शिवलिङ्गीको वीउ रोपेर खानाले पुत्र प्राप्ति हुन्छ भन्ने भनाई पनि छ ।
7. बकाइनो ः यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो–घाउ खटिरा आएको ठाउँमा लगाउने वा बकाइनो चुर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोग ठिक हुन्छ । यसको प्रयोगले महिलाहरुको शिथिल गर्भाशयलाई दह्रो बनाउँछ । पेटको जुका मार्छ ।
8. सुनपाती ः यसको पातलाई सुकाएर वा ताजै पातलाई मुखमा राखेर विस्तारै चुसीरहनाले धुम्रपानको लतलाई छोडाउन विशेष मद्दत गर्छ । धुम्रपान सेवन गर्नेहरुको लतलाई मेटाउँछ । धूप र सुगन्धित तेल उत्पादनको लागि यो अति नै उपयोगी छ ।
9. सिस्नो ः सिस्नोको मुल जरा, पात वा मुन्टालाई काँचै पिधेर रस निकाली दैनिक पिउनाले वा यसका ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाव तथा पेटसम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा पुप्याउँछ । आँखा तथा छालालाई सुन्दर राख्दछ ।
10. यार्सागुम्बा ः यो दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिऊमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ । अत्यन्तै शक्तिबद्र्धक र यौन क्षमता बढाउने , यो वनस्पती मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ । विहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ । अत्याधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पुर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ । चाउरिका छालाहरुलाई पुष्ट बनाउँछ ।
11. शंखपुष्पी ः यसको पुरै बोटलाई पिसेर निकालिएको रसमध्ये दुई चम्चा जति रसलाई गाईको दुधसँग बिहान–बेलुका सेवन गर्नाले मुहारमा नयाँ कान्ति छाउँछ । स्मरणशक्ति बढ्छ र मानसीक रोगहरुमा लाभ गर्दछ ।
12. दुधेलहरो ः यसको जरा र जराको बोक्रालाई कुटेर रस निकाल्ने र एक चिया गिलासको आठ भागको एक भागमा मिश्री मिलाएर दिनको दुई पटक खाने गरेमा दम रुघा खोकी ठिक हुन्छ । छालासम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा गर्छ ।पिसाब राम्रोसँग खुलाउँछ । रक्तविकारलाई हटाउँछ ।
13. बज्रदन्ती ः यसको स–साना कलिला हाँगाले नियमित दाँत माझ्नाले दाँत राम्रो, चम्किलो, सफा हुनुको साथै दाँतसम्वन्धि सम्पुर्ण रोगहरुलाई नष्ट हुन्छन् । यसको मुल जरालाई पानीमा पकाइ मुख कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्छ । श्वास–प्रश्वाससम्बन्धि सम्पुर्ण रोगहरुको नाश गर्छ ।
14. शुण्टी (अदुवा) ः दुई तीन चम्चा अदुवाको रसमा २–३ ग्रामलाई, महसँग मिलाएर दिनको २–३ पटक सेवन गर्नाले आमवात, श्वाससम्बन्धि रोग, पेटको शुल, हृदयरोग आदिको निवारण हुन्छ । पाचन शक्तिलाई मजबुत बनाउँछ ।
15. मजिटो ः यसको मुल जरा वा पातलाई कुटेर निस्किएको २–३ ग्राम रसमा मह मिलाइ पानीसँग दिनको दुई पटक पिउनाले छाला चिलाउने, सुन्निने रोग आदिमा राम्रो फाइदा गर्छ । कान, आँखा तथा यौनाङ्गका सम्पुर्ण रोगहरुलाई निर्मूल पारिदिन्छ । महिलाहरुको मासिक धर्म गडवडीमा राम्रो फाइदा गर्छ । कुष्ठरोगलाई निवारण गर्छ ।
16. बाटुले पात ः यसको जरालाई पिसेर बनेको धुलो ३–४ ग्रामलाई तातोपानीसँग मिलाएर विहान–बेलुका दिनको २ पटक खानाले महिलाको रज गडवडी, स्तनसम्बन्धि विकार, पिसावसम्वन्धि सम्पुर्ण रोगलाई नाश गरिदिन्छ । ज्वरो, खोकी, अपच, झाडापखला, रक्तविकार र मुत्रविकारजस्ता रोगहरुमा राम्रो लाभ गर्दछ ।
17. घोडताप्रे ः यसको पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ । स्मरण शक्तिलाई बढाउँछ । रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ । यसको पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले भिरुङ्गी रोग निको हुन्छ । छालाका घाउ–खटिरालाई निको पार्छ । यसको नियमित सेवन गर्नाले तोते बोल्ने बच्चाहरुको लागी अत्यन्त फाइदा गर्छ ।
18. घिऊकुमारी ः घिऊकुमारीको छिप्पिएको पातभित्रको गुदिलाई पिंधेर ध्यूसँग मिलाएर पोलेको घाऊमा लगाउनाले घाउको दुखाइ कम हुनुका साथै छिट्टै निको हुन्छ । यसको गुदी ५–१० ग्राम वा १०–२० मि.ली. रसलाई बिहान–बेलुका खानाले गानोगोला, ग्याष्ट्रिक, महिनावारीको गडवढी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ । त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ । यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी छ ।
19. कुटजः यसको सुकको बोक्रालाई खलमा पिस्ने र उक्त धुलोलाई ४–५ ग्राम दिनको दुई पटक मनतातो पानीसँग खानाले वा मुखमा राखी चुसीरहनाले दन्त हर्सा, पेट हर्सा, अतिसार, छाला तथा आन्द्राको रोगहरुमा राम्रो फाइदा गर्छ । पेटको जुकालाई नाश गर्छ । फोक्सोको खराबीलाई नियन्त्रणमा ल्याउँछ । यसको वीऊसहितको कोसालाई पनि सोहि बमोजिम पिसेर सेवन गर्नाले हृदयजलनलाई ठिक गर्छ । शरीरलाई राम्रो सन्तुलनमा राख्छ ।
20. कुरिलो ःयसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वातरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखला, पेटको दुखाई, मधुमेह जस्तो रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।
21. चन्दनः यसको स–साना टुक्रालाई भिजाएर घोट्ने र मुखलगायत शरीरका सम्पुर्ण भागहरुमा लगाउने अनुहारको चाँया पोतो हट्छ । यसले मुहारलाई गोरो बनाउँछ । छालासम्बन्धि सम्पुर्ण रोगहरुलाई नष्ट गरिदिन्छ । दिनको दुई तीन पटक दुइ चम्चा खानाले ज्वरो निको हुन्छ । चन्दनको केहि टुक्राहरुलाई पानीमा पकाई वा चन्दनको वासनादार तेलले नियमित मालिस गर्नाले यौन रोगबाट छुटकारा पाउन सकिन्छ ।
22. सिमल ः यसको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मुल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधेनुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, वातरोग आदिमा टोनिकको रुपमामा काम गर्छ । आउँ र झाडापखला रोक्छ ।
23. अश्वगन्धा ः यसको जरालाई जरालाई राम्रोसँग धोइपखाली घाममा सुकाएर चुर्ण बनाउने, ४–५ ग्राम अश्वगन्धा चुर्णलाई एक चिया गिलासको आठ भागको एक भाग पानीमा वा मिश्री राखेर उमालेको दुधसँग मिलाएर बिहान–साँझ दुई पटक भोजन पछि सेवन गर्नाले शरीरलाई चाहिने रसायनमा वृद्धि गर्छ । यौनशक्ति बढेर आउँछ । वातरोग पुर्णरुपमा निको हुन्छ ।
24. खयर ः २०–३० बर्ष पुरानो रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँगि मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।
25. लालीगुराँस ः यसको फुललाई टिपेर छायाँमा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको १–१ चम्चा धुलोलाई मिश्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पु¥याउँछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ । गुराँसको बोक्राको २–३ चम्चा धुलोलाई नियमित ५–६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।
26. पारिजात ः यसको छिप्पिएको वीऊ र पातहरुलाई छायाँमा सुकाएर पिस्ने । यसरी पिसेर तयार पारिएको पारिजातको २–३ ग्राम चुर्णलाई थोरै मनतातो पानीमा घोलेर दिनको दुई पटक केहि दिनसम्म खानाले ज्वरो, खोकी, दम, मलेरिया ज्वरो आदिलाई नाश गर्छ । पेटको जुकालाई मार्छ । यसको पात तथा वीऊलाई पिँधेर निस्केको १५–२० मि.लि. रसलाई दिनको दुई पटक नियमित सेवन गर्नाले अत्यन्त फाइदा गर्छ ।
27. रातीगेडी ः चार–पाँच दाना राती गेडीलाई खाएमा पिसाब खुल्छ । त्यस्तै केहि राती गेडीका दानाहरुको नियमित सेवन गर्नाले वा यसको जरा र पातलाई थिचेर मिश्री पानीमा पकाएर खाएमा धातुरोग, आँखा एवं छालाका सम्पुर्ण रोगहरु निको हुन्छन् ।
28. बेसार एक आयुर्वेदिक औषधी
-एक सर्वज्ञात मसला न केवल खानमा स्वाद दिने हो बरु यो त एक आयुर्वेदिक औषधि पनि हो । हाम्रा प्राथमिक उपचारमा यस्को महत्वपूर्ण स्थान रहेकोछ ।
यो निम्न तरीकोहरुबाट उपयोग गर्न सकिन्छ-
- एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्री चोटमा आराम हुन्छ ।
- बेसार मिसाईएको तातो मीठो दुध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ।
- एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउंछ। यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ ।
- बेसार छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ ।
- बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यस्को लेप नुहाउनु भन्दा अघि लगाउं । एक हप्तामा तपाईंको त्वचामा सुन्दरता देखिन्छ ।
- अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्स्यूंको तेल मिसाएर लेप तैयार गर्नाले त्वचामा हुने रोगहरु समाप्त हुन्छ ।
- दानेदार पिसेको बेसारलाई ताजा दुधको तर् मा भिजाएर अनुहारमा र हातमा लगाउं । सुकेपछिर रगड़ेर निकालि दिउं दें। मनतातो पानीले अनुहार पखाल्ने हेर्नुस चमक ।
- चनाको बेसन मा सर्स्युंको तेल, बेसार र पानी मिसाएर गाढ़ा लेप तैयार गर्ने । यस घोललाई अनुहार र पूरै शरीर मा राम्रोसित लगाएर सुकेपछिर निकाल् दें। त्वचा चमचम हुन्छ ।
- मासिक धरमको समयमा पेट दुख्दा तातो पानीको साथमा बेसार ॐद्दँद्ये रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट राहत प्राप्त हुन्छ ।
- स्याना बच्चाहरुलाई रुघा खोकी भएमा आधा कप पानीमा आधा चम्चा बेसार, अलिकति गुँड़, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उमेलेपछि छानेर मनतातो भएपछि ख्वाईदिनाले बच्चाको रुघा खोकीबाट राहत पाउंछ, बरु पेटमा यदि कब्ज छ भनेपनि ठीक हुन्छ ।
- मैथी दाना र बेसारको काँढ़ा पनि मासिक सफा हुनलाई लिन सकिन्छ ।
- सूजन मा बेसार र चूनाको लेप गर्नाले सूजन ठीक हुन्छ ।
- बुढापाकाहरुको भनाईछ कि बेसार बिनाको खाना अलच्छीन हुन्छ । वास्तवमा यस्तो यस्को औषधीय गुणहरुको कारण भनिन्छ । शाक्य समुदायमा मृत्यु भएको घरमा सन्तानले ७ दिन बेसार बार्ने चलन छ । बेसार नभएको खाना खानाले दुःख परेको जनाउंछ ।
- बेसार प्रिजरवेटिवको पनि काम गर्छ, त्यसैले पनिए अचारमा के मसलाको अभिन्न अंग हो।
- नवजात शिशुलाई दिईने 'घसारा' अर्थात 'घुट्टी' मा आंबा बेसार पनि उस्को आयुर्वेदिक गुणहरुको कारणले दिईन्छ ।
- बेस्सरी रुघा हुंदा बेसारको धूनी अर्थात तातो जलिरहेको गोबरगुईंठामा बेसार जलाकर त्यसबाट उठने धुवाँलाई सूँघ् गर्दा रुघा सर्दी-बाट आराम हुन्छ ।
- भनिन्छ कि एक चम्मच बेसार प्रतिदिन सेवन गर्नाले भोक बढाउंछ। अमाशय एवं आँतको सफाई हुन्छ।
- काटीने या रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार धुलो चोटमा लगाईन्छ, जस्ले गर्दा रक्तस्राव तुरंत रोकिन्छ ।
- बेसार एक राम्रो एन्टीसेप्टिक एवम् एन्टीबायोटिक हो, जस्को उल्लेख आयुर्वेदमा पनि गरिएकोछ ।
यस प्रकार हाम्रो ३रको भान्छामा बुसेको चिकित्सक बेसार कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक चिकित्सामा हामीलाई सघाउंछ । बेसार जहिलेपनि शुद्ध हुनुपर्छ, आजभोली नक्कली बेसार पनि पाईन्छ पटक्कै पंहेलो नहुने घरमै तयार गर्न पाए अझ बेस हुन्छ।, जबकि बेसार स्वयं एक प्राकृतिक रंग हो, जो हाम्रो भोजनलाई रङ्ग दिन्छ, स्वाद सुगन्ध प्रदान गर्छ, जस्को प्रभावले भोजनको परिकार देख्दै लोभलाग्दो हुन्छ त्यसैले आयुर्वेदमा बेसार एक महत्वपूर्ण तत्व मानिन्छ
1.कपाल–टाउको दुखेमा Headache / Migrane pain
· गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र कपाल रोगहरु निको हुन्छ ।
· अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
· प्रातः सुर्योदय भन्दा पिहिले एक साता सम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ ।
· गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन मै आराम हुन्छ ।
· २५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
· एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
· चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ ।
· छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ ।
· वातजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ ।
· तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ । गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन ।
· मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
· मरिचको नसलिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
· अमलाको चुर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम ह्न्छ ।
· कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुँध्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ ।
· रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीध्र आराम हुन्छ ।
· पिपला मुलको चुर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ ।
· अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने, मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ ।
२.कर्णशुल (कान दुखेमा) Earache
· भृङ्गराजको रस दुई थोपा कानमा हाल्नाले कानको पिडा शान्त हुन्छ ।
· अदुवाको रस र मह अलिकति नुन तताएर कानमा हाले दुख्ने आराम हुन्छ । नोटः पाकेर बग्ने कानमा हाल्नु हुदैन ।
· कानवाट पिपबगेमा कागतीको रसमा सज्जीक्षार मिसाएर कानमा दुई चार थोपा चुहाएमा निकै फाइदा हुन्छ
· अाँकको दुधसित प्रयोग गरे कर्ण वेदना र कृमी दुवैमा लाभदायक हुन्छ ।
· अफिमलाई पोलेर चामलको चार दाना जति भष्म गुलरोगनमा मिसाएर कानमा हाल्यो भने दुख्न हराउछ ।
· मनतातो पारेको मह दुई थोपा कानमा हालिदिए दुखेको निको हु््न्छ र कानमा खटिरा भएपनि निको हुन्छ ।
३.सर्प विच्छी बिषमा Insect Bites
· काँचो मेवाको दुध टोकेको घाउमा लगाए बिष शान्त हुन्छ, वढ्न पाउदैन । मेवा वीज पिसेर टोकेको स्थानमा लगाए पनि आराम हुन्छ ।
· कोइरालो विजको लेदोमा कागतीको रस हालेर टोकेको स्थानमा लगाई दिए विच्छी र सर्पको विष उतार्दछ ।
· तिन तोला कमलको जरा र २ तोला फुल मिश्रीसित पिंधेर शर्वत बनाएर विरामीलाई दिए फाइदा गर्दछ । होश हराइ सकेको भएपनि यसले चेतना ल्याउछ ।
· ६ ग्राम अपामार्ग (दतिवन) को चुर्ण मह सित चोट विष लाग्दैन, पात पिधेंर टोकेको घाउमा लगाउनु पर्छ ।
· विच्छीले टोकेमा खुर्सानीलाई मसिनो गरी पिसेर त्यसमा मह मिसाएर टोकेको स्थानमा लगाएर विष ओर्लिन्छ ।
· खुर्सानीलाई सुर्मा जस्तै गरेर लगाउने, विषको प्रभाव भए सम्म खुर्सानीले आँखा पोल्दैन । विष गइसकेपछि आँखा पोल्छ ।
· विच्छीको विषमा आँकको जरा पिंधेर टोकेको स्थानमा लगाउने वा आँकको दुध लगाए पनि हुन्छ ।
· सर्प–विच्छीको विषमा आँकको पात आँककै दुधमा पिंधेर घोटेर गोली वनाई एक एक घण्टामा खान दिए वमन हुन्छ र विष लाग्दैन ।
· विच्छी–छेपारो–माकुरा–अरिङ्गलको विषमा करेलाको जरा नुन–पानीमा घोटेर लगाए विष नष्ट हुन्छ ।
· सर्पको विषमा रोगीलाई करेलाको रस जति पिउन सक्छ दिनुपर्छ । त्यसपछि वमन हुन्छ, र फेरी दिनुपर्छ । यसै गरी वमन नरोकिए सम्म पिउन दिने, सर्पको विष नष्ट हुन्छ । टोकेको घाऊमा पनि करेलाको रस नै अलि वाक्लो पारेर लगाउनु पर्छ ।
· विच्छीको विषमा लसुन र अमचुर संग मिलाएर खान दिएमा विषको प्रभाव नष्ट हुन्छ ।
· विच्छीले टोकेमा तुलसीको पात चपाउने र त्यसवाट निस्केको रसमा नुन मिसाए्र टोकेको ठाउँमा लगाएमा विष नष्ट भई आराम हुन्छ ।
· विच्छीको विषमा तुलसीको पात भन्दा चार गुणा बढी पानीमा पिंधेर १०–१० मिनेटमा पिउनाले र टोकेको ठाउँमा लगाउने विषमा लाभ गर्दछ ।
· विच्छीले टोकेमा पुनर्नवाको लेप लगाए शान्त हुन्छ ।
· विच्छीले टोकको स्थानमा आर्कको दुध लगाउने दाह र वेदना शान्त हुन्छ ।
· सर्पको विषमा नासपातीको पात कुटेर रस निकाली २ ग्राम नुन मिलाएर पिए सर्पको विष लाग्दैन ।
· सर्प र विच्छीको विषमा २५० ग्राम गाईको दुधमा १० ग्राम चिनी वा मिश्री मिलाएर खान दिए आराम हुन्छ ।
· सर्प–विच्छी–माकुरो–बारुलो–मौरीको विषमा सिमलीको पात, बोक्रा र जरा पिसेर लेप लगाउने र यसको पात कुटेर निकालिएको ताजा काढा तिन–चार तोला सम्म पिउन दिए पनि लाभ हुन्छ ।
· सर्प विषमा नागकेशरको पात र फुल पिसेर टोकेको स्थानमा लगाई दिए विष बढ्दैन । केही समय पछि रोगीलाई निद्र लाग्दछ,त्यसपछि ठिक हुन्छ ।
· सर्पको बिषमा २–४ ग्राम चरिअमिलो पिसेर शर्वत वनाई पिउन दिएमा लाभ गर्दछ । यसको बाक्लो लेदो बनाएर टोकेको स्थानमा लगाईदिए विषको प्रभाव वढ्दैन ।
· सर्प–विच्छीको विषमा रसाञ्जन ( चुत्रो ) को लेप लगाएमा आराम मिल्दछ ।
· सर्पले टोकेमा आठ–दश दाना (५०–१०० मिली लिटर ) कागतीको रसमा मिश्री मिलाई पिउन दिएमा आराम मिल्दछ । कागतीको विज पिसेर पानी संग पिए पनि लाभ हुन्छ ।
· विच्छीको विषमा नुन र आधा कागती टोकेको स्थानमा राम्रो सित दलिदिएमा एकैछिनमा बिष नष्ट हुन्छ । फेरी कागतीको विउ १०–१२ दाना र नुन पिसेर सर्वत जस्तै पिउने ।
· विच्छीको विषमा निमको ब्रोक्रा वा पात चिलिममा हालेर तमाखु पिए भैm पिए विच्छीको विष शान्त हुन्छ ।
· विच्छीले टोकेको स्थानमा मह लगाएमा विष वढ्दैन ।
· विच्छीले टोकेमा पुदिनाको रस पाँच ग्राम र अदुवाको रस पाँच ग्राम, विरेनुन वा सिंधेनुन मिलाएर खान दिने ।
· सर्पको विषमा रातीगेडिको जरा घोटेर सर्पले टोकेको स्थानमा लगाए तथा यसको पातले वमन गराउन सके निको हुन्छ ।
· ५०० मिलि लिटर गाईको दुधमा काँचो सात–आठ केस्रा लसुन मिलाएर खान दिने ।
४.पाइल्स–अलकाई–बबासीर–अर्श Piles/Haemorrhoids
· करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे निको हुन्छ
· निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ ।
· प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ ।
· पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ ।
· बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।
· बवासीरको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ ।
· भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।
· खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ ।
· चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ । भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ ।
· सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ ।
· आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने । त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ ।
· ववासीर अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवन गरे ववासीर निको हुन्छ ।
· अलकाईमा कागति काटेर नुन छदै चुस्ने अथवा जाइफलको धुलो र चिनी छरेर चाटे पनी ववासीरमा लाभ गर्छ ।
· ववासीरको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।
· अलकाईमा मुलाको पात छायामा सुकाएर त्यसैको वरावर पानीसित चालिस दिन सेवन गरे पुर्ण आराम हुन्छ ।
· अलकाईमा रिट्ठाको वोक्राको खरानी र खयर बराबर पिसेर धुलो पारेर दुई ग्राम चुर्ण नौनीमा मिसाएर खानाले अलकाईले आउने रगत वन्द हुन्छ ।
· अर्शमा कपुरको मलहम वनाएर लगाउने गरे केहि दिनमा निको हुन्छ । रगत आउन थामिन्छ र फोका सक्तछ ।
· कुपिण्डोको सुकेको ब्रोक्राको धुलो २० ग्राम पानी सित सेवन गरे अलकाईवाट आउने रगत बन्द हुन्छ ।
· इमिलीको फुलको रस अलकाईमा लगाए रगत थामिन्छ र केहि दिनमा आराम हुन्छ ।
· बवासीरमा पुदिना वा हरिया धनियाँसित शिलाजित खाए बवासीरमा लाभ गर्दछ ।
· मेथीको काढा बनाएर पिउने वा दुधमा पकाएर खाएमा आराम हुन्छ ।
· अपामार्गको विज तिन ग्राम पिंधेर चौलानी सित दुवै छाक खाने गरे अलकाईवाट रगत आउने बन्द हुन्छ र आराम मिल्दछ ।
· कोइरालेको नफुलेको कोपिला छाँयामा सुकाएर मसिनो पार्ने र तिन ग्राम चुर्ण मिश्री र नौनी सित मिलाएर खाएमा यसले ठिक गर्दछ ।
· अलकाईमा अडिरको पात पिंधेर गुदामा राखी लङ्गोटीले कस्ने र बाहृ दिन जति चार–पाँच गेडा प्रति दिन गुदि झिकेर खाने गरे आराम गर्छ ।
· अलकाईको खटिरामा काँचो मेवाको दुध लगाउनाले आराम हुन्छ । मेवाको दुध लगाउदा वेसरी पोल्दछ । असह्य भयो भने नौनी मिसाएर लगाएपनि हुन्छ ।
· पिंडालुको रस निकालेर मह मिलाई पिउनाले अलकाई निको हुन्छ ।
· २० ग्राम जति नासपातीको मुरब्बा दिनको तिन पटक १ हप्ता सम्म खाए अलकाईमा आउने रगत थामिन्छ र केहि दिनमा रोग निर्मुल हुन्छ ।
· विरालीको दुध बवासीरको घाउमा लगाएमा पिडा तुरुन्त शान्त हुन्छ । एक महिना सम्म लगातार सेवन गरे घाउ पनि निको हुन्छ ।
· प्रति दिन दहि खाने गरेमा अलकाईको रगत आउन थामिन्छ ।
· ६ ग्राम चम्चुरको विज पिधेंर शर्वत बनाई पिए अलकाई रोग सात दिनमा निको हुन्छ ।
· पाकेको फर्सी बोक्रा पिसेर त्यसमा मिश्री वा चिनी हालेर शर्वत जस्तै बनाएर पिउने गरेमा पाइल्स र त्यसबाट आउने रगत निको हुन्छ ।
· काँचो फिट्किरी र ठुलो हर्रोको क्वाथ बनाएर त्यसमा नरम कपडा भिजाएर ववासीरको फोका वा डल्लोमा राखेर पट्टि बाँध्ने गरे केहि दिनमा आराम हुन्छ ।
· २ ग्राम रातीगेडीको जरा नरीवलको पानी संग खाने गरे आधा महिनामा पुर्ण आराम हुन्छ ।
· १ ग्राम नागकेशरको फुलमा मिश्री र नौनी धिउ मिलाई सेवन गरे अलकाईमा लाभ गर्दछ । यसले पाइल्सको घाउ खटिरा सुकेर निको हुन्छ र हात–खुट्टाको जलन पनि निको हुन्छ ।
· चरिअमिलोको फल अलकाईमा सहन सक्ने तातो लगाउने । यसले अत्यन्त पोले, चहराय गाईको धिउ वा नौनी मिलाएर लगाउदा राम्रो हुन्छ ।
· नौनी मिसीएको रसाञ्जन अलकाईमा लगाए खटिरा सुक्दछ । फेरी १० ग्राम रसाञ्जन र ५० ग्राम पानी लिएर अर्शको खटिरा धोए आराम हुन्छ ।
· सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ ।
· इन्द्रजौको काढा १० ग्रामको दरले एक महिना सेवन गरे बवासीर खुनी–वादी आराम हुन्छ । अथवा इन्द्रजौको चुर्ण र मह खाए पनि निको हुन्छ ।
· प्रत्येक दिन ३ ग्राम कुसुमको फुलको धुलो दहिमा फिटेर खानाले अर्श निको हुन्छ ।
· कुरैयाको बोक्रा कुटेर निस्केको रस २० मिलीलिटर पिउने गरे दुबै थरीका बवासीर निको हुन्छ ।
· माल कागुनोको विज पिधेर लेप गर्नाले अर्श निको हुन्छ ।
· फुलगोबीको पात निचोरेर रस निकालेर अर्शमा लगाए अति लाभ हुन्छ ।
· कागती ३ ग्राम रस मुखमा लिएर गाईको दुधसँग खाएमा फाइदा हुन्छ
५.श्वेतकुष्ठ–दुवी Leucoderma/ Vitiligo/ White leprosy
· अकरकराको पातको रस निचोरेर श्वेतकुष्ठमा लगाउनाले रोग थोरै दिनमा नै निको हुन्छ । यसको सुरुवातको अवस्थामा अकरकराको पातको रस लगाउन सकेभन् छिटै निको हुन्छ ।
· अंजीरको पातको रस लगाएमा श्वेतकुष्ठ बढ्दैन ।
· पिपलका पात अथवा जराको चुर्ण बनाएर नरीवल तेलमा फिटेर मलहम बनाएर लगाएमा लाभ गर्दछ ।
· तुलसीको जराको वरिपरीको माटो अलि गीलो बनाएर शरीरमा लगाएर एक–दुई घण्टा पछि सफा पानीले नुहाएर बाक्लो रुमालले ््राम्ररी पुछ्ने ।
· सेतो दुवीको आराम्भमा नै सिधेंनुनको ढिको निमको पातको झोल वा पानीमै घोटेर दिनको तिन–चार पटक लगाए थामिन्छ, अरु वढ्दैन र सेतो भाग पनि निको हुन्छ ।
· शुद्ध हिङ १० ग्राम, गाईको धिउ १०० ग्राम फलामको कराहीमा राखेर दश ग्राम नीलो हालेर फलाम अथवा काठले बेसरी घोट्नु र वोतलमा राख्ने र फेरी कहि कतै शरीरमा सेतो दाग देखियो भने दिनमा तिन पटक लगाउने ।
· कासमर्दको वीज र मुलाको वीज समभाग लिएर २ गुणा मात्रामा गन्धक संग पिसेर लेप गरेमा श्वेतकुष्ठ निको हुन्छ ।
· आर्कको २० मिलीलिटर दुधसंग ५ ग्राम बावचीको चुर्ण र ५०० मिलीग्राम हरितालको चुर्ण पिसेर लेप गर्ने ।
· सेतो दुवीमा अपराजिताको जरा २ भाग तथा चक्रमर्दको जरा १ ग्राम, पानी संग पिसेर लेप गरेमा लाभ हुन्छ । यसको साथ साथै वीजलाई ध्यूमा भुटेर विहान–साझ पानी संग सेवन गरेमा १–२ महिनामा नै श्वेतकुष्ठमा लाभ हुन्छ ।
· सुपारीको दाना कालो हञ्जेलसम्म पोलेर पिध्ने र त्यसमा गन्धक मिसाई मट्टितेलले भिजाउने त्यसपछि उक्त लेदोलाई दुवी आएको ठाउँमा लगाई मनतातो पानीले सफा गर्नाले दुवी हराउँदै जान्छ ।
· १००–१०० ग्राम गाईको गहुत, निमपत्ताको रस, गाईको गोवर र बावची चुर्ण मिलाएर वा पिसेर लेप बनाई बिहान खाली पेटमा दुवी वा सेतो दाग देखिएको छालामा लगाई बिहानको पारिलो घाममा आधा घण्टा बस्ने र त्यसपछि धुने । यो क्रमलाई केहि हप्ता सम्म जारी राख्दा श्वेत कुष्ठ एवं अन्य छालाका रोगमा छिट्टै आराम मिल्छ ।
· पुन्नरे झारको जरा र काहुलेको बोक्रालाई गाईको गहुँतमा पिसेर दुवी आएको ठाउँमा लगाउनाले पनि केहि दिनमै सेतो दाग हराएर जान्छ ।
६.श्वेतप्रदर
· अमलाको चुर्ण मह र मिश्रीसंग मिलाएर सेवन गर श्वेतप्रदरमा अराम हुन्छ ।
· २० ग्राम काँक्रोको वियाँ कमलको फुलको पात १० ग्राम मसीनो पिसेर कमलकै जराको २ ग्राम चुर्ण, मिश्री ५ ग्राम मिलाएर १ हप्ता सम्म खाने ।
· उदुम्बर (गुलर) को फलको चुर्ण छानेर महमा मिसाई स–साना गोली बनाएर दिनको एक गोली एक हप्ता सम्म सेवन गर्ने ।
· मेथीको धुलो पानीमा भिजाएर, त्यसैमा सफा कपडा भिजाएर योनीमा राखे श्वेतप्रदर आराम हुन्छ ।
· बरको ब्रोक्राको क्वाथ १० ग्राम देखी ५० ग्राम सम्म र लोधक कल्क चार आना भरि मिलाएर त्यसमा अलिकति मह पानीमा मिसाएर दिनको दुइ पल्ट खान दिनाले लाभ गर्दछ । योनीस्राव धेरै भएमा बरको बोक्राको रसमा नरम कपडा भिजाएर योनीमा राख्ने । यसमा लोधक मिसाउन नपाए बरको बोक्रा मात्र भएपनि हुन्छ ।
· नयाँ चामलको चौलानीसित तुलसी–पत्रको रस २० मिलीलिटर सेवन गरे पुरानो प्रदर पनि निको हुन्छ ।
· एक ग्राम अमाला भित्रको दाना पिधेर पानीमा बेसरी मिचेर मिश्री र मह मिलाई खाने गरेमा श्वेतप्रदरमा लाभ गर्दछ ।े
· मह र केरा खानाले श्वेतप्रदरमा लाभ गर्दछ ।
· तिन ग्राम गुर्जो काढा प्रतिदिन पिउने गरे श्वेत–प्रदर र त्यसका अन्य विकारहरु पनि एकै साता मै निको हुन्छ ।
· १० ग्राम धायरोको फुलको काढा पकाएर खान दिए स्त्रीको श्वेतप्रदर निको हुन्छ । ३ ग्राम धायरोको फुल पिधेर मिश्रीको काढासित खाए पनि प्रदर निको हुन्छ ।
· सिसौको माटो र राम्रो पात छायाँमा सुकाएर धुलो वनाएर सर्वत वनाई एक हप्ता पिउने गरेमा प्रदर निको हुन्छ ।
· अमलाको रस र मिश्री १०–१० ग्राम मह मिसाएर केहि हप्ता सेवन गरेमा लाभ गर्दछ ।
७.मुत्रकृच्छ
- काँक्रोको २०–३० मिलीलिटर रस निकालेर चार ग्राम जति कागतिको रस र मिश्री अथवा चिनी मिलाएर खाने गरे पिसाव सफा हुन्छ ।
- काँक्रोको वियाँ २० ग्राम र त्यति नै सिंधेनुनमा काँजी मिलाएर खाने गरे मुत्रकृच्छमा लाभ गर्दछ ।
- १० ग्राम जिरा र १० ग्राम चिनी मिलाएर खाएमा धेरै नै फाइदा गर्दछ ।
- २० ग्राम अमलाको रसमा एक मासा अलैचिको धुलो मिसाएर पिउनाले पिसाव पोल्ने, मुत्रकृच्छमा आराम हुन्छ ।
- गाईको बिस ग्राम नौनीमा १० ग्राम चिनी वा मिश्री फिटेर सेवन गरे रोकिएको पिसाव खुल्दछ ।
- जवारवार र मिश्री २–२ ग्राम मिसाएर पानी सित खाए पिसाव खुल्दछ । इन्द्रियलाई एक छिन सम्म तातो वा चिसो पानीमा डुवाइराखेमा पनि रोकिएको पिसाब आउदछ ।
- त्रिफला चुर्ण १० ग्राम, लोह भष्म आधा ग्राम र शुद्ध मह मिलाएर अलि अलि चाट्ने गरेमा फाइदा हुन्छ ।
- अदुवाको रस वा सुठोको चुर्ण २० ग्राम र चिनी २० ग्राम वा मह २० ग्राम मिलाएर खानाले लाभ गर्दछ ।
- कालो तिल र चिनी मिलाएर खानाले लाभ गर्दछ ।
- ü मेथिको पातको रस प्रति दिन १५ ग्राम र मेथिको पात गाईको ध्यूमा भुटेर खाने गरेमा लाभ गर्दछ ।
८.मृगी–मुर्छा–अपस्मार
- अकरकरा पिंधेर थारै महमा मिसाई रोगीलाई सुँधायो भने तुरुन्त होश आउँछ र मृगी रोग निको हुन्छ ।
- कागती, नीम र निर्गुण्डीको रस मिसाएर ३ दिन सम्म बरावर सुँधाउदै गरे मृगी रोग निको हुन्छ ।
- तुलसीको दश पात र चार दाना मरिच मिसाएर एक गिलास पानी शर्वत वनाएर पिउनाले मुच्र्छा रोग निको हुन्छ ।
- तुलसीको मंजरीको रसमा सिंधेनुनको धुलो मिसाएर नाकमा नस लिनाले मुच्छामा लाभ हुन्छ ।
- प्याजलाई पिसेर सुँधाउनाले तुरुन्त होश आउँछ र वरावर प्याजको रस सुँधिरहनाले आराम हुन्छ ।
- रायो पिसेर नस बनाई नाकमा २ –३ थोपा राखेर सुर्केमा आराम हुन्छ ।
- अश्वगन्धा पोलेर त्यसको धुवाँ रोगीको नाकमा लगाइ दिएमा तुरुन्त होश आउछ ।
- आँकको फु र मरीच वरावर लिएर २ ग्रामको गोली बनाई दिनमा १–१ गोली ३–४ पटक खानाले मुच्र्छाको साथ साथै दम, रक्त विकार, स्नायु रोग निको हुन्छ ।
- कागतीको रसमा मुसलीका चुर्ण मिलाएर सेवन गरे मृगीमा लाभ गर्दछ ।
- अगस्तको पत्रको रस ४ थोपा नाकमा चुहाएमा मुच्छा निको हुन्छ ।
- असुरोको चुर्ण १ चम्चा मह संंग सेवन गरेमा पुरानो भयनक अपस्मार रोग निको हुन्छ ।
९.मधुमेह–प्रमेह–सुगर
- १० ग्राम महमा १२ रत्ती शुद्ध शिलाजित मिसाएर सेवन गरे प्रमेह निको हुन्छ ।
- बरको वोक्राको चुर्ण बनाएर मह वा मिश्रीमा मिलाई ५ ग्राम जति विहान–साझ खानेमा लाभ गर्दछ ।
- वरको बोक्रा अलि खस्रो कुटेर ४० ग्राम जति १५० ग्राम पानीमा पकाउने र ५० मिलीलिटर रहेपछि छानेर चिसो भएपछि खाने गरेमा मधुमेहम लाभ गर्दछ।
- तुलसीकोे गेडा ३ ग्राम जति १०० ग्राम पानीमा भिजाएर बेलुका राख्ने र अर्को दिन विहान बेसरी मिचेर त्यसमा १ ग्राम मेथीको धुलो मिसाएर लुगामा छानी पिउने गरेमा प्रमेह निको हुन्छ ।
- ३–१० ग्राम सम्म अवस्थानुसार तुलसीको मंजरी वा दाना, महमा मिसाएर पिउनाले प्रमेहमा लाभ गर्दछ ।
- १०० ग्राम कुभिण्डोको रसमा ८ ग्राम लाल केशर, ६ ग्राम साठिया चामलको ढुटो भिजाएर विहान–बेलुका खान दिएमा मधुमेह निको हुन्छ । केवल जौको रोटी मात्र खाएर बस्नुपर्छ ।
- कमलगट्टाको गुदि ५ ग्राम र १० ग्राम त्रिफला पकाएको काढासित खाने गरेमा प्रमेह अथवा धातु–सम्वन्धि रोगमा लाभ गर्दछ ।
- ३ ग्राम कोइरालोको बोक्राको चुर्ण दुवै छाक त्रिफलाको झोलसित खानाले लाभ गर्दछ ।
- ध्यूकुमारीको गुदि १–२ ग्राम र त्यति नै गुर्जोको रसमा मिलाएर २० दिन लगातार सेवन गरेमा निकै लाभ गर्दछ ।
- ३–४ ग्राम रातीगेडीको पातको रस गाईको दुधसित पिउने गरे प्रमेह रोग नष्ट हुन्छ ।
- बेलपत्रको रस १५–३० मिलीलिटर, एक चम्चा महसित दिनमा ३ पटक सेवन गरेमा लाभ गर्दछ ।
- ताजा गुर्जोको रस एक चम्चा र त्यति नै मह मिसाई दिनमा ३ पटक सेवन गर्ने ।
- यष्टीमधु चुर्ण आधा चम्चा (३ ग्राम) मा एक चम्चा (५ ग्राम) मह मिलाएर सेवन गर्ने गरेमा लाभ गर्दछ ।
- जामुनोको वीजबाट गुुदि झिकी ४–६ ग्राम सम्मको मात्रामा दुई चम्चा महसित खाने ।
- शुद्ध शिलाजित १ ग्राम गाईको दुध सित २ पटक दिनमा सेवन गरेमा अत्यन्त लाभदायक हुन्छ ।
- १० ग्राम महमा १२ रति शुद्धशिलाजित मिसाएर सेवन गरे प्रमेह निको हुन्छ ।
- दुई–दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने ।
१०.दाद
- दादमा बेसरी कन्याएर कागतिको रस दिनमा ३ पल्ट लगाउने ।
- मेवाको दुध दादमा लगाएमा लाभ गर्दछ ।
- सोयाविनको विज महमा मिसाएर लगाए दाद निको हुन्छ ।
- तुलसीको हरियो पात दादमा वेसरी दलेर लगाउनाले दाद निको हुन्छ ।
- सिमीका केहि पातहरुलाई हातले मिचेर रस निकाली दाद आएको ठाउँमा दल्ने, वा आकासेवेलीको चोप वा कमलफुलको जरा घोटी त्यसमा थोरै सुठो र ल्वाङको धुलो मिलाई लेप बनाएर दल्नाले केहि दिनमै दाद हराएर जान्छ ।
- अमलाको पातलाई पिसेर त्यसमा थोरै नून राखी लगाउनाले वा दुवो र बेसारको लेप बनाई केहि दिनसम्म लगाउनाले दाद वा छाला चिलाइरहेमा चाँडै ठीक हुन्छ ।
११.गानो गोला
· १ केस्रा लसुन पिसेर वा वा पोलेर मन्द तातो पानी संग खाने गरेमा फाइदा हुन्छ ।
· १ गा्रम छिउँके झारमा चिनी मिसाएर खाने गरेमा गानो गएको आराम हुन्छ ।
· हलेदो ५ ग्राम, सैन्धव लवण र एक रातको दहि १०० मिली लिटर संग फिटेर खाने गरेमा लाभ गर्दछ ।
· ज्वानो र जीरामा थोरै विरेनुन राखेर पिंधी दुइ–दुई चम्चा बिहान–बेलुका तातो पानीसँग केहि दिनसम्म खानाले फाइदा गर्छ ।
१२.परिमाण शुल
- मिठो पाकेको आँपको ५०० मिलीलिटर ताजा रस विहान–वेलुका पिउने र त्यसपछि २५० मिलीलिटर दुध पिउने तर पानी कति पनि नपिउने । एक घण्टा पछि उमालेर चिसो बनाएको पानी आवश्यक्तानुसार पिउने । दिउसो भोजनमा आपको रसको साथ गँहुको रोटीको सेवन गर्ने । यस अवधिमा अन्य कुनै भोजन नगर्ने । छिटै नै धेरै लाभ हुन्छ ।
१३.स्वप्नदोष · ओखरको फलको खरानी बनाएर त्यसमा बराबर मात्रामा खांड मिलाएर १० ग्रामको मात्रामा पानी संग बिहान–साझ एक चम्चाको मात्रामा बिहान–साझ नियमीत सेवन गरेमा केहि दिनमै लाभ गर्दछ ।
· बबुलको पञ्चाङ्गलाई लिएर आधा भाग मिश्री मिलाएर एक चम्चाको मात्रामा विहान–साझ नियमीत सेवन गरेमा लाभ हुन्छ ।
· तुलसीको पात र तुलसीकको बिउ दुवै मिलाएर चपाएर खाने, चिसो पानीले नुहाउने, मन शान्त पार्ने, फलफुलमा काँक्रो, रसिला फलहरुको सेवन गर्ने, अमलाको दानालाई मुखमा च्यापेर चसिरहनाले वा प्रत्येक दिन चिसो पानीमा नुहाउने, व्यायाम गर्ने,शुद्ध शिलाजिलत रत्रिफलाचूर्णको बरबर भाग मिलाएर आधा–आधा चम्चाका रले दैनिक चिसो पानीमा राखेर खानले स्वप्न दोष निको हुन्छ ।
· बरावर भाग त्रिफला–बोझे चुर्यालाई गँुड र चाकुमा मिलाएर सानो सानो गाली बनई विाहान वेलुका एक एक गोली चिसो पानीमा राखेर खानाले स्वप्न दोष हुनबाट वच्न सकिन्छ ।
· वन तुलसीको बीउलाई पिसेर बिहान–बेलुका एक–एक चम्चा चिसो पानीसँग खाने, फाल्तु पुस्तक नपढ्ने, फाल्तु कुराहरु मनमा नलिने, राती सुत्ने बेलामा हात खुट्टा धोएर मनलाई शान्त पारेर सुत्नाले स्वप्नदोष हुँदैन ।
· तातो दुधमा बेसार मिलाएर पिउनाले वा २ कोसा पाकेको केराको साथ २–३ चम्चा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम वा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम कपुरलाई मिश्री वा महमा मिलाएर केहि दिन सम्म सेवन गर्नाले स्वप्नदोष पुर्णरुपमा निको हुन्छ ।
१४.कम्मर, हाड, जोर्नी दुखेमा
· एक भाग तोरीको तेलमा चार भाग स्पिरिट मिसाएर दुखेको ठाउँमा बिस्तारै मालिस गर्नाले दुखाई कम गर्छ ।
· दिनको दुई पटक एक–एक वटा तीते करेलाको रस खानाले दुखाइ कम हुन्छ ।
१५.बौलाहा कुकुरले टोकेमा
· बौलाह कुकुरले टोकेको मानिसलाई दौडाएर पसिना निकाल्ने त्यसपछि टोकेको ठाउँमा प्याज पिसेर त्यसमा थोरै मह मिलाएर लगाउनाले वा लसुन प्याज र नुन मात्रै पिसर घाउमा लगाउनाले आराम मिल्दछ ।
१६.उच्च रक्तचाप
- खरबुजा, तितेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा खाने वा लसुनको ३–४ केस्रालाई दुधमा उमाली राती सूत्ने बेलामा पिउने वा काँचो लसुनलाई गोलभेंडासँग मिलाइ खानाले वा एक चम्चा कागती रसलाई पानीमा राखे पिउनाले उच्च रक्तचापका बिरामीलाई राम्रो फाइदा गर्छ ।
- सर्पगन्धा, अमला, अर्जुन वृक्षको बोक्रा, पुनर्नवा, अश्वगन्धाको बराबर भाग मिलाई धुलो बनाउने र बिहान–बेलुका दिनको दुई पटक १–१ चम्चा महको साथमा नियमित सेवन गर्ने वा १० ग्राम छोकडा, १० ग्राम सुकमेल, १० ग्राम हिङ र बीज निकालेको मुनक्कालाई मिलाई कुटपिस गर्ने र धुलो बनाई बन्द सिसीमा राख्ने र पाँच दिनसम्म २–२ ग्राम सेवन गर्ने ।
- सर्पगन्धा र सिलाजितको बराबर भाग मिलाइ सा–सानो गोली बनाई दिनको ३ पटक १–१ गोलीका दरले पानी वा दुधसँग सेवन गर्ने वा २०० ग्राम प्याजको रसमा १०० मिश्री मिलाई बन्द सिसीमा राखेर १० ग्रामका दरले नियमित पिउनाले उच्च रक्तचाप निको हुन्छ ।
- सिस्नुको पातलाई धुलो पारेर १–१ चम्चा दिनको ३ पटक लामो समयसम्म सेवन गर्नाले वा बोटमै पाकेको मेवालाई राम्रोसँग ताछी पखाली बिहान खाली पेटमा १ महिनासम्म खानाले उच्च रक्तचाप ठिक हुन्छ ।
आयुवेर्दिक स्वास्थ्यवर्धक चियाहरु ः
१. हरिया चिया ः तुलसी, पुदिना, बेलपत्र, अलैँची, गुर्जो, पाखानभेद, सुनपाती फूल इत्यादि राखेर ताजा हरियो चिया बनाएर खानाले फाइदा हुन्छ ।
२. शक्तिबद्र्धक चिया ः यार्सागुम्बा, पाँचऔंले, कुरिलो, सोमलता, अश्वगन्धा, मुसली, बिलाईकन्द (बिरालेगानु), क्षिरकन्द (दुधेगानु), कुकुर तरुल, सिरु–जड, काश–जड, कुश–जड, पातालश्री इत्यादि तागत दिने खालका जडीबुटीहरु १–२ वटा मिसाउँदा पनि रामै्र हुन्छ । यस चियाले शरिरलाई बलियो र फुत्तिलो बनाउछ ।
३. रोगविरुद्ध र प्रतिरोधात्मक चिया ः
सर्व तीक्ता चुर्ण अथवा चिराइतो, कुट्की, निम, इन्द्रजौ, तीतेपाती, तुलसी, असुरो, हर्रो, निरमसी आदि मध्येबाट सबै या ५ चीज २५ ग्रामलाई १ लिटर पानीमा ५ मिनेट पकाएर आधा लिटर छ २५ ग्रामलाई १ लिटर पानीमा ५ मिनेट पकाएर आधा लिटर ७ दिन सम्म लगातार खानाले रोग प्रतिरोधात्मक शक्ती बढाउछ ।
४. वातनाशक चिया ः
पाखानभेद, तेजपात, रास्ना (गाईखुरे), गाईतिहारे, तुलसी, थिर्जो, अश्वगन्धा, परपरेटिमुर, अर्जुन, ब्रह्मकुश, भुइँचम्पा, मुसली, हर्रो, अदुवा पोलेको सुठोरस, लसुन, लसुनेसाग, जिम्बु, देवदार, शिवलता, शिकारी लहरा, गाँजा, सिलम, सहस्र जडी, पद्मचाल्नु, बलुजडी इत्यादिको चुर्ण बनाएर २ चम्चा दिनमा २–३ पटक चिया बनाएर पिउनाले सम्पुर्ण वात रोगमा लाभ गर्दछ ।
५. दर्दनाशक चिया ः
बेतलौरी जरा, वनकपास गाना, दारेगिठोको बोक्रा, सिन्कौली, अरणी जराको बोक्रा, ठुलो औषधी, रुख हड्चुर, काउलोको बोक्रा, मेदा काठ, खयर, बज्रबल्ली, पाषाणभेद, कमरी (चिलाउनेको रुखमा भएको), हिमाली खयर, मुसली, वर्षगाँठे, रथ, विरथ, नरसाग जरा, अर्पुजरा, जिभक बरको बोक्रा वा नयाँ जरा, वावियो (वनकसी) जरा इत्यादि दर्दनाश गर्ने खालका जडिवुटिहरुलाइ चुर्ण बनाएर १–२ चम्चा दिनमा २–३ पटक सेवन गर्नाले शरिरको सम्पुर्ण दुखाईमा लाभ गर्दछ ।
No comments:
Post a Comment